होम
जस्तो हामी धेरैलाई थाहा छ ओस्टियोपोरोसिस, एउटा हड्डीको स�ओस्टियोपोरोसिस  एउटा यस्तो अवस्था हो जसमा शरीरको हड्डीहरुले तिनीहरुका ताकत क्रमिक रुपमा हराउँदै जान्छन र पातलो र कमजोर बन्छ। यो साधारणतय महिलाहरुमा देखिन्छ जो रजस्वला बन्द हुने स्थितिमा पुगेका हुन्छन। यसको कारण हर्मोनको स्तरहरुमा ह्रास आउनाले हो विशेष गरि एस्ट्रोजेन । अध्ययनले देखाएको छ कि २०% यो समस्या भोग्ने पुरुषहरु छन् । टेस्टोस्टेरोनको स्तरमा गिरावट आउनु पुरुषहरुमा कमजोर हड्डीहरु हुनुको एउटा प्रमुख कारण हो । पुरुषहरुको शरीरले टेस्टोस्टेरोनको केहि मात्रालाई एस्ट्रोजेनमा बदलिदिन्छ, जुन चाहिं हड्डीको आकारलाई राम्रो बनाइ राख्न धेरै महत्त्वपूर्ण हुन्छ । इन्जाइमको वंशानुगत कमजोरी जसले टेस्टोस्टेरोनलाई एस्ट्रोजेनमा बदल्न सहायता गने भएकोले यो पुरुषमा ओस्टियोपोरोसिस विकास गर्ने कुरामा महत्त्वपूर्ण कारण हो । क्याल्सियम र भिटामिन डिले हड्डीको आकार विकासमा र वृद्धिमा महत्त्वपूर्ण भूमिका खेल्छ । व्यायामले पनि मद्दत गर्छ। जब तपाईं व्यायाम गर्नुहुन्छ, मांशपेशीहरु कसिन्छ र हड्डीहरु बढ्न थाल्छ । अत्याधिक कामर र धेरै बेर सम्म बसेर गर्ने कामले पुरुषहरुलाई सबै तीनहरुमा ह्रास ल्याइदिन्छ र अन्तमा कम्जोर हड्डीहरु र ओस्टियोपोरोसिस तिर लैजान्छ । अध्ययनले देखाएको छ कि ओस्टियोपोरोसिसको २०% बिरामीहरु पुरुषहरु छन् । केहि उपचारहरु जस्तै छोपुवा विमारको दवाई, प्रोस्टेट क्यान्सरको दवाई र स्टेरोइड्सका साइड-इफेक्ट्सहरु छन् जसले शरीरलाई भिटामिन डि प्रयोग गर्नलाई असम्भव बनाइदिन्छ । यी दवाईको लामो प्रयोगले हड्डीको आकार वजन सब घटाईदिन्छ र हड्डीलाई यति कमजोर बनिदिन्छ कि ति सजिलै भाँचिन सक्ने हुन्छन् । धुम्रपान एउटा नराम्रो बानी हो जसलाई एउटा भन्दा बढि कारणहरुको निम्ति रोक्नु पर्छ । धुम्रपानको असर सम्बन्धि थुप्रै प्रमुख खोजहरुको अध्ययनले देखाउँछ कि धुम्रपानकर्तालाई धुम्रपान नगर्नेहरुको तुलनामा ५५% बढि कम्मरको हड्डी भाँचिने तथा हड्डीमा खनिजको घनत्वको कमिको खतरा बढि हुनेगर्छ । रोगहरुको लामो सूची जस्तै मधुमेह, गोलिगाँठामा बाथ, र पाचन तथा रगतको अव्यवस्थाहरुले तपाईंको हड्डीमा खतरा ल्याउन सक्छ। सोहि बिमारहरुको लागि धेरै लामो समय देखि औषधि सेवन गर्दा पनि हड्डीहरुमा यसको नकारात्मक असर पुग्छ । ओस्टियोपोरोसिसलाई कसरी रोक्ने? व्यायाम-जवान हुँदा देखि नै पुरुषहरु प्राय विभिन्न हड्डी निर्माण हुने प्रकारक खेलकूद गर्दै हुर्किएका हुन्छन। यसले हड्डीको शक्ति वृद्धिमा मद्दत गर्छ र धेरै वर्ष पछि गएर यो सजिलो हुन्छ । हप्ताको ५ पटक केवल ३० मिनटको पैदल हिँडाई र हल्का प्रकारको कसिलो व्यायाम गर्नाले हड्डीको घनत्वलाई सुधार गर्छ र हड्डी खिईन कम हुन्छ । क्याल्सियम खाना-पुरुषको निम्ति दैनिक चाहिने क्याल्सियमको मात्रा भनेको महिलाको बराबर नै हो। तसर्थ, पोषणयुक्त भोजनको सल्लाह पनि एउटै नै रहेको छ ।१,००० एमजी क्याल्सियम प्रति दिन १९ देखि ५० वर्षकाहरुलाई र यदि तपाईं ५० काट्नु भएको छ भने १२०० एमजी क्याल्सियम प्रति दिन हुनुपर्छ। यसको साथै, तपाईंले उचित मात्रामा भिटामिन डि पनि पाएको छ छैन निश्चित गर्नुहोस, ताकि तपाईंले खानु हुने क्याल्सियम सहि ढंगले पच्नु पर्दछ । प्रस्तावित आहार स्तर चाहिं ४०० IU हो। कुनै कुनै डाक्टरहरुले यो ८०० IU सम्म बढाउन सल्लाह दिन्छन् । नियमित स्वास्थ्य जाँचहरुले तपाईंलाई खतराको संकेतहरुको पुर्व जानकारीहरु दिन मद्दत गर्छ र तपाईंले आवश्यकीय पुर्व सावधानीहरु अपनाउन सक्नुहुन्छ । पुरुषहरुमा ओस्टियोपोरोसिस महिलाहरु जतिकै हुनेगर्छ । तरैपनि, यसबाट बच्ने उपायहरु पनि छन् । यस अवस्था बारे सचेतना साथै यस बाट बाच्ने उपायहरुले ओस्टियोपोरोसिसलाई पाखा लगाउन सक्छ । हड्डीको घनत्व महत्त्वपूर्ण छ । यसको अर्थ यी दुई फरकहरु हुन सक्छन् जीवनमा, पछि गएर कम्मरको हड्डी भाँचिने-वा जोशिलो, उच्च-ताकतयुक्त जीवनशैली ।
बच्चा जन्माउन भन्दा अघि केवल महिलाले मात्रै आफ्नो स्वास्थ्यको हेरविचार गर्नुपर्छ भ�तपाईंले एउटा बच्चा पाउने निर्णय गरेको समय देखि, सम्पूर्ण ध्यान हुन्-लागेकी-आमा तर्फ केन्द्रित हुन्छ । र यो कुनै कारण विना भएको पनि होइन, अबको ९ महिना बच्चालाई बोक्ने व्यक्ति उनि नै हुन् । तर यसको अर्थ पुरुषको भूमिका केहि कम महत्त्वको छ भन्ने होइन। हुने-वाला-बाबा ले उसको जीवनको आर्को पाटोको निम्ति आफैलाई तयार पार्नुपर्छ । स्वास्थ्यकर जीवन शैलीलाई अपनाउदै प्रजनन एउटा बढ्दै गरेको समस्या हो । तथ्यांक अनुसार ४५% भन्दा बढी प्रजनन समस्या पुरुषहरुसंग सम्बन्धित छ । त्यसैकारण, स्वास्थ्य खानपान, व्यायाम र स्वास्थ्यपूर्ण जिउनुले यी समस्याहरुबाट छुटकारा पाउने तपाईंको मौकालाई बढाई दिन्छ । पोषणयुक्त खानामा विर्य निर्माणमा फरक ल्याउँछ । त्यसैले अस्वास्थ्यकर खानालाई हटाउनु होस् केहि समयको लागि र स्वास्थ्यकर जीवनशैली अपनाउनुहोस् । प्रत्येक दिन पुरुषहरुलाई कम्तिमा १२ देखि १५ एमजी को जिङ्क चाहिन्छ । अल्प अवधिको जिङ्कको कमिले पनि शुक्रको मात्रा र टेस्टोटेरोनको मात्रा घटाउन सक्छ, जुन स्वास्थ्य विर्यको निम्ति धेरैनै आवश्यकता छ । जिङ्क पाईने राम्रो श्रोत भनेको सकेको बोडी (एउटा कपमा ३.५५ एमजी हुन्छ), बदाम, अन्नहरु, सिफूड, र कुखुराको मासु (२.३८ एमजी प्रति आउन्स) ।                                                                                                              पुरुषको प्रजननमा सुधार ल्याउन र विर्य कमजोरी जोगाउन भिटामिन र क्याल्सियमको नियमित सेवन गर्नै पर्छ। क्याल्सियमको प्राकृतिक श्रोत जस्तै छाली-रहित-दुध र दहि खान सकिन्छ । कम्तिमा पनि ९० एमजीको भिटामिन दैनिक रुपमा लिनुहोस् । यसले प्रतिरक्षा शक्तिलाई बढाइदिन्छ। अझ बढि पनि चाहिन सक्छ यदि तपाईंले धुम्रपान गर्नु हुन्छ भने। फोलिक एसिड स्वास्थ्य विर्यको निम्ति एउटा उर्जानै हो । बुबाहरुलाई यसको ४०० माईक्रो ग्राम चाहिन्छ र यसको पोषणको राम्रो श्रोत भनेको हरियो पात भएको सब्जीहरु हो। हुने-वाला-बुबाहरुले मोचाको अतिरिक्त कप लिन छुट छ । क्याफिनले पुरुषहरुलाई विर्यको चुस्ततालाई उत्तेजित बनाउन मद्दत गर्न सक्छ । धुम्रपान र मधपान छोड्नुहोस् एक पटक तपाईंले बच्चा बनाउने कोशिस शुरु गर्नु भयो भने तपाईंको जोडीको रमाइलो खत्तम हुन्छ, तर तपाईंको इच्छाको के हुन्छ ? पुरुषहरुलाई निम्ति पनि त्यस्तै हुन्छ । धुम्रपान छोड्ने समय अहिले नै हो, र ज्यादा मधपान गर्न बन्द गर्नुहोस् । एउटा पुरुष जसले धुम्रपान गर्छ उसको विर्य संख्यामा ह्रास आउँछ र विकृत विर्य जुन बच्चा बनाउन असक्षम हुन्छ । अत्याधिक वा टन्नै मधपानले गुणस्तर विर्य बनाउने क्षमतामा नराम्रो संग असर गर्नसक्छ । व्यायाम तपाईंले अहिले सम्म गर्नुभएको छैन भने तपाईंको दैनिक तालिकामा व्यायामको समयलाई सामेल गर्नुहोस् । व्यायामले सामान्य स्वास्थ्य, ताकत, र विर्यको गुणमा सुधार ल्याउँछ । १५ मिनटको हिँडाइ बाट शुरु गर्नुहोस र यसलाई क्रमिक रुपमा बढाउनु होस् यदि तपाईंले पहिले कहिल्यै व्यायाम गर्नुभएको छैन भने । यदि तपाईंले बच्चा बनाउने कोशिस गर्दै हुनुहुन्छ भने, कसिलो लुगा लगाएर व्यायाम नगर्नुहोस। यसले विर्यलाई बिगार्छ । नियमित रुपमा सौनामा वा तातो टबको बसाई, लामो साइकल चलाउँदा, वा अन्य त्यस्ता क्रियाकलाप जसले गर्दा अण्ड्कोश अत्याधिक तातिन्छ र विर्यको स्वास्थ्यलाई असर पुर्याउँछ र यो बाट जोगिनुपर्छ । स्वास्थ्य परिक्षण हुने-वाला-बुबाले पूर्ण स्वास्थ्य परिक्षण गराउनु राम्रो विचार हो जस बाट बच्चा बनाउन भन्दा अघि सुधार गर्नु पर्ने कुनै खराबी छ कि भनि थाहा लाग्छ। ध्यान दिनु पर्ने कुनै त्यस्ता समस्याहरु निम्न छन्:भेरीकोसील, भनेको अण्ड्कोशमा नशा फुलेको अवस्था हो, अण्ड्कोशलाई थामेको छालाको थैली । यसले बाँझो निम्त्याउँछ। यो अवस्था पूर्ण रुपले निको पार्न सकिन्छ, त्यसैले तपाईंको डाक्टरलाई यसका विकल्पहरुको विषयमा कुरा गर्नुहोस् । लिङ्ग कडा दोष, मधुमेह, र प्रोस्तेटाइटिसले बाँझोपन ल्याउन सक्छ । यौन सम्बन्ध द्वारा सर्ने विमार, जसले बाँझोपना ल्याउन सक्छ। तपाईंको डाक्टरले यसको परिक्षण गरेर उपचार गर्न तपाईंलाई मद्दत गर्नसक्छ । तपाईंको डाक्टरले तपाईंलाई युरोलोजिस्ट कहाँ वा पुरुष प्रजनन विज्ञ कहाँ पठाउन सक्छ यदि तपाईंलाई थप परिक्षण वा उपचारको आवश्यकता पर्यो भने । तपाईंको डाक्टरसंग वंशानुगत जन्म कमजोरी केहि छ कि भनि छलफल गर्न नविर्सिनुहोस् । उहाँलाई तपाईं र तपाईंक श्रीमतीको परिवारको स्वास्थ्य इतिहास बताउनुहोस् । अर्थलाई व्यवस्थित गर्नुहोस एउटा बच्चा बजेटको योजना बनाउनुहोस् । पक्कै नै तपाईं आफ्नो बच्चालाई उत्तम नै दिन चाहनुहुन्छ । अहिलेदेखि नै योजना शुरु गर्नुहोस् । यी खर्चहरुलाई ध्यान दिनुहोस जस्तै बच्चाको खाना, डायपर, खेलौनाहरु, डाक्टर भेटघाट, कपडाहरु र बच्चाको स्कुल । यसले तपाईंलाई भविष्यमा मद्दत मिल्नेछ । र उत्तम समय अहिले नै हो जहाँ तपाईं बच्चा बनाउने कुराको योजनाको चरणमा मात्रै हुनुहुन्छ । बच्चाको आगमन हुन भन्दा अघि नै यो समयको फाइदा लिनुहोस् त्यसैले तपाईंको जागिर, विमा र बजेट योजनालाई मिलाउनुहोस् । यदि तपाईं र तपाईंको जोडीले आशाहरु, लक्ष्यहरु र रणनीतिहरुको विषयमा अहिले नै छलफल गर्दै सहमत हुनु भयो भने, पछि गएर पैसाको विषयमा हुनसक्ने विवादहरुलाई रोक्न सक्नुहुन्छ । तपाईंको तनावलाई फ्याँक्नुहोस् बाहिर तिर घुमफिर गर्नाले तपाईंको सक्षमतालाई वृद्धि गर्न सक्छ । त्यसकारण विदा भ्रमणमा जाने सल्लाह काम लाग्दो हुन्छ । नियमित ध्यान वा कुनै व्यायाम अभ्यास गर्नुहोस जसले तपाईंको तनावको मात्रालाई कम गर्न मद्दत गर्छ । पित्रित्त्व सम्बन्धि वा अभिभावकत्त्व सम्बन्धि पुस्तकहरु पढ्ने कोशिस गर्नुहोस र अग्रिम रुपमा सुझाव र सल्लाहहरु सिक्नुहोस् । त्यसकारण कम्मर कस्नुहोस् र विन्दास केटो बाट विन्दास बुबामा परिवर्तन हुनको निम्ति तैयारीहरु शुरु गर्नुहोस् । तपाईंको जोडीलाई तपाईंको बच्चा पाउने कुरामा उत्तिकै उत्सुक हुनुहुन्छ र ध्यान दिनुभएको छ भनि हर किसिमले महशुस गराउने तपाईंको जिम्मेवारी हो ।
वंशाणुगत एचआईभी यसको सबै भन्दा खराब रुप हो जसमा यो रोगले दबाब दिन सक्छ, जहाँ बच्चाले कुनै गलती नगरउच्च भाइरल लोड भएका आमाहरूले संक्रमित बच्चाहरूलाई जन्म दिइएको पाइएको छ । तथापि, कुनै पनि सन्ख्याको भाइरल लोड सुरक्षित हुँदैन किनकि गर्भावस्थाको समयमा कुनैपनि समय संक्रमण हुन सक्छ । यस चरणमा उच्च स्तरको सावधानी आवश्यक हुन्छ । प्राय डिलिवरीको समयमा संक्रमण हुन्छ तर यो एक मात्र तरिका हैन जसको माध्यमबाट यो फैलिन सक्छ । एचआईभी-संक्रमित आमाहरुले स्तनपान गर्नुहुँदैन, किनकी भाइरस स्तन दूधबाट पनि संचारित हुन सक्छ । एचआईभीको संचारण सम्भावना कम गर्नका लागी एन्टिरेट्रोभाइरल औषधिको प्रयोग गरिन्छ । डेलिभरिको समय छोटो राख्नाले संचारणको जोखिम कम हुनसक्छ । अधिकांश पटक पोजिटिभ आमाहरुबाट जन्मिएका बच्चाहरु एचआईभीको लागी पोजिटिभ हुन्छन । एचआईभी संक्रमित शिशुहरुको सिस्टममा एन्टिबडी बन्छ र परीक्षण गर्दा पोजिटिभ नै हुनेछ । तर यदि बच्चाहरु संक्रमित छैनन भने, बच्चाको रगतमा भएको आमाको एन्टिबडी बिस्तारै गायब हुन्छ र एक देखी एक र आधी वर्ष पछी परीक्षण गर्दा नेगेटिभ हुनेछ । एचआईभी पोजिटिभ महिलाहरूले गर्भवती हुनु अघि एचआईभीका लागि एन्टिरेट्रोभाइरल औषधीहरुसँग सम्भावित समस्याहरूको विचार गर्नुपर्छ । यी औषधीहरुको छनौट, संकेत र प्रतिवादबारे चिकित्सकसँग कुरा गर्नुहोस् । प्रारम्भिक गर्भावस्थाको समयमा विलक्षण र उल्टीको कारणले औषधीको मात्रा छुट्न सक्छ, जसले एचआईभीलाई प्रतिरोधको विकास गर्ने मौका दिन्छ । केही चिकित्सकहरु जन्म खोटको जोखिम कम गर्न गर्भावस्थाको समयमा औषधि रोक्न वा परिमार्जन गर्न मन पराउँछन् । छोटो अवधिको उपचारले एचआईभीलाई नयाँ नवजात शिशुमा संक्रमणको खतरा हटाउन वा कम गर्न मद्दत पुर्याउन सक्छ; तर, छोटो अवधिको उपचारले औषधिहरूको प्रतिरोधको जोखिम बढाउँछ । गर्भावस्थाको पहिलो ३ महिनाको समयमा एन्टिरेट्रोभाइरल औषधीका कारण जन्म खोटहरूको खतरा हुन्छ । गर्भावस्थाले आमाको एचआईभी रोगलाई बिगार्दैन, तर गर्भवती हुने योजना बनाएका कुनै एचआईभी पोजिटिभ महिलाले उपचारका किसिम र सबै प्रविधिहरू बारे राम्रोसँग आफ्नो चिकित्सकसँग छलफल गर्नुपर्छ ।
तपाईंको स्तनमा भएको गाँठो चिन्ताको एक प्रमुख कारण हुनसक्छ र तपाईंको रातको निन्द्रा गविगत एक दशकदेखि महिलामा हुने स्तन क्यान्सरको वृद्धिले विशेषगरी सहरी क्षेत्रका महिलालाई उनीहरूको स्तनमा हुने गाँठोलाई लिएर धेरै सतर्क बनाएको छ । जब स्तनमा कुनै सानो गाँठो हुन्छ, तब दिमागमा आउने पहिलो सोच भनेको यो क्यान्सरको लक्षण हो कि भन्ने हुनसक्छ । तर आफ्नो दिमागमा चिन्ता भर्नुभन्दा तुरुन्त कार्य थाल्नु र आफ्नो हेरचाह गर्नेसँग परामर्श गर्नु राम्रो हो ।  यहाँ केही मिथक छन् जुन नियमित रुपमा स्तनको गाँठोसँग सम्बन्धित छन् र त्यसैसँग सम्बन्धित वास्तविक तथ्यसँग जोडिएका छन् । मिथक : यदि स्तनमा गाँठो छ भने यो पक्कै पनि क्यान्सरको लक्षण हुनुपर्छ तथ्यांकले भन्छ कि महिलामा स्तनको गाँठोका १० केसहरूमध्ये २ वटा मात्र क्यान्सर हुने गर्छ । प्रायजस्तो यस्ता गाँठोहरू फाइब्रोएडिनोमा वा सिस्टको कारण हुनेगर्छ । धेरैजसो महिलामा रजश्वला चक्रको समयमा गाँठो बन्ने गर्दछ र यो चक्र सकिने बित्तिकै हराएर जाने गर्दछ । हातले मात्र छोएर यो कस्तो किसिमको गाँठो हो ठ्याक्कै भन्न सम्भव हुँदैन । तरपनि गाँठोको बनौटको बारेमा पत्ता लगाउनु महत्वपूर्ण हुन्छ र यो सुरुवाती चरणमा गर्नु जरुरी हुन्छ, ताकि यदि क्यान्सरको लक्षण हो भन्ने थाहा भएमा सुरुमै निदान गरी उपचार गरेमा तपाईंको जीवन बचाउन सकिन्छ । मिथक : यदि तपाईंको म्यामोग्राम सामान्य छ भने तपाईं सुरक्षित हुनुहुन्छ र गाँठो क्यान्सरको लक्षण हैन यो कुरा खासमा सत्य हैन । क्यान्सर हुने कोष रहेको पत्ता लगाउन तपाईंले थप टेस्टहरू गर्नुपर्छ; गाँठोलाई दोस्रोपटक हेर्न अल्ट्रासाउण्ड, एमआरआइ र अनुवर्ती म्यामोग्राम गर्नुपर्छ । निदानमा १०० प्रतिशत निश्चित रहन डाक्टरले बायोप्सीको सुझाव पनि दिन्छन् । यदि गाँठो रहिरहन्छ तर कुनै कुरा पत्ता लागेन भने तपाईंको डाक्टरले तपाईंलाई लक्षणको विकासको मूल्यांकन गर्न नियमित अन्तरालमा परीक्षण गर्दै रहन भन्न सक्छन् । मिथक : घातक स्तन गाँठोले कुनै पनि दुखाइ गराउँदैन   यद्यपि स्तन क्यान्सरका बिरामी धेरै दुखाइबाट पीडित हुँदैनन्, तर यसको मतलब यो हैन कि यदि तपाईंलाई दुखाइ छैन भने गाँठो क्यान्सर हुने खालको छैन । स्तन क्यान्सर विभिन्न प्रकारको हुन्छ; पोल्ने खालको स्तन क्यान्सरजस्ता केही प्रकारहरूमा बिरामी तातो हुने, हल्का दुख्ने, रातो हुने र सुन्निने जस्ता कुराबाट पीडित हुनसक्छन् र त्यसपछि गाँठोमा दुखाइ बढ्ने हुनसक्छ । मिथक : स्तनपान गराउँदाको समयमा स्तनमा गाँठो देखियो भने यो क्यान्सरको लक्षण हैन यो सत्य हो कि स्तनपान गराउँदा क्यान्सर हुने कोषको विकास हुने सम्भावना कम हुन्छ । तर अझै पनि केही सम्भावना हुन्छ र त्यसैले तपाईंले गाँठो बनेको कुरालाई वेवास्ता गर्नु हुँदैन । गाँठोको अवस्था हेर्न तुरुन्त अल्ट्रासाउण्ड गर्न सल्लाह दिइन्छ । मिथक: जवान महिलामा हुने गाँठो क्यान्सर हुने खालको हुन सक्दैन महिलामा स्तन क्यान्सर जुनसुकै उमेरमा पनि हुनसक्छ । त्यसैले, यदि सानो उमेरमा नै तपाईंको स्तनमा गाँठो देखियो भने वा तपाईंको किशोरावस्थामा रहेकी छोरीको स्तनमा शंकास्पद गाँठो देखियो भने तपाईंले सकेसम्म छिटो सधैं जाँच गराउनुपर्छ । धेरैजस्तो स्तनमा क्यान्सर तब विकसित हुन्छ जब महिलामा रजस्वला हुने समय सकिन्छ । तर यसको मतलव यो हैन कि उनीहरूमा सानो उमेरमा नै क्यान्सर हुँदैन । मिथक : ठूलो गाँठो मात्र क्यान्सर हुने खालको हुनसक्छ, सानो हुँदैन स्तनमा हुने गाँठो विभिन्न आकारको हुनसक्छ; र आकारले क्यान्सरको कोष उपस्थित छ भन्ने कुरा निर्धारण गर्दैन । न्यूयोर्कको म्यानहटन डायग्नोस्टिक रेडियोलोजीकी ब्रेस्ट इमेजिंग विशेषज्ञ डाक्टर मेलिसा स्कीरको भनाइ अनुसार तपाईंको स्तनमा सानो गाँठो रहेको तपाईंलाई महसुस भयो भने तुरुन्त डाक्टरलाई देखाउनुपर्छ, किनकि सानो गाँठो पनि आक्रामक रुपमा क्यान्सरको कारण बन्न सक्छ । धेरैजसो स्तनमा हुने गाँठो क्यान्सर हुने खालको हुँदैन । तथापि तपाईंले पहिलोपटक कुनै गाँठो देख्नेबित्तिकै आफ्नो हेरचाह गर्नेसँग परामर्श गर्नु उचित हुन्छ ।
संवेग सबै बालबालिकाको हुर्कने प्रक्रियाको भाग हो । तिनी�जब तपाईंको बच्चालाई संवेग रहिरहेको हुन्छ,   यो सामान्यतयाः उसले चाहेको  र गर्न नसकेको केहि कुरामा हुन सक्छ । संवेग फ्याँक्नु भनेको बच्चाले उसले चाहेको कुरा गर्ने तरिका हो । यसको विपरीत,   बच्चाले मागेको कुरा दिनु आमाबाबुको लागि सजिलो तरिका हुन सक्छ । तर सँधै सम्झनुहोस् कि सधैं यसरी दिनु राम्रो भनें होइन । बच्चालाई यसमा बानी पर्न सक्दछ र यसले तपाईंलाई पनि केही झन्झट भएको साबित पनि गर्न सक्छ । नाई भन्न सिक्नुहोस्, बिस्तारै तर दृढतापूर्वक । तपाईंको नाई को लागि स्वीकार्य कारण दिन   र त्यहि समयमा एउटा विकल्प देखाएर चमत्कार गर्दछ । सबैजना भन्दछन् र गर्दछन्, बच्चाहरू सम्हाल्न त्यति सजिलो छैन । यदि तपाईंको बच्चा सिमामा बस्न सक्दैन र भनेको मान्दैन भनें, यो चरण पास गर्न दिनुहोस् । रिसले चिच्याउनु, सामानहरु टाढा फ्याँलेर बच्चालाई केही सजिलो हुन सक्छ । जब रिस घट्दछ, आफूले गरेको विनाश हेर्दै र यसको पुरै बेकारले बच्चाले उसको प्रयास ब्यर्थको भयो भनेर महसुस गर्दछन् । तर सावधान रहनुहोस् कि बच्चाले यो प्रक्रियामा शारीरिक रूपमा चोट लाग्दैंन । सार्वजनिक स्थानहरूमा हुने संवेग धेरै लाजमर्दो हुन सक्छ । यस्ता अवस्थाहरुमा, तपाईंको बच्चासँग बहस वा गाली वा उसलाई हतार गर्न आदेश नदिनुहोस् । यसले बच्चालाई झन धेरै अटेरी बनाउँनेछ । रिसको आँधी शान्त नहुँदासम्म पर्खनुहोस् । उसलाई शान्त स्थानमा लैजानुहोस् र बिस्तारै तर दृढतापूर्वक कुरा गर्नुहोस् । यहाँ सम्झनुपर्ने एउटा कुरा भनेको बच्चालाई तपाईंको असजिलोपना र चिन्ताको बारेमा कहिल्यै सार्वजनिक स्थानमा हुदाँ थाहा हुन नदिनुहोस् । बालबालिकाहरू धेरै चतुर हुन्छन् र उनीहरूको पक्षमा काम गर्न यो प्रयोग गर्न सक्छन् । बच्चा हुन सजिलो छैन र पक्कै पनि एउटा बच्चाको आमाबाबु हुन पनि त्यति सजिलो छैन । तपाईंको बच्चा समयसँगै स्कूल जान सक्ने हुनेछ र उसले यस चरणलाई पराजित गर्नेछ ।
बच्चाहरू धेरै अचम्मका प्राणीहरु हुन् ! तिनीहरूका बारेमा � नीलो- आँखाको आश्चर्य:  धेरैजस्ता बच्चाहरु नीलो आँखा लिएर जन्मिएका हुन्छन् । जन्मको समयमा आँखाको रङ्गको निर्णय गर्ने मेलानिन रङलाई विकसित भएको हुदैँन । त्यसैले बच्चाहरु आनुवंशिक मेकअपको बिरुद्ध नीलो/ हल्का आँखाहरु भएर जन्‍मिएका हुन्छन् । बच्चाहरु ६- ७ महिना भएको उमेरमा, वर्णहरू विकास हुन सुरु हुन्छ र बच्चाको आँखाको रंग आमाबाबुको आनुवंशिक मेकअप अनुसार परिवर्तन हुन्छ । जीवनको लागि चिन्ह:   प्रत्येक तीन शिशुमा एकजना जन्म चिन्ह लिएर जन्मिएको हुन्छ ! कुनै आँसु हुदैँन:   त्यो सत्य हो ! नयाँ जन्मिएका बच्चाहरूले कुनै आँसु बगाउँदैनन् । लार्किमल डक्ट र आँसुका ग्रन्थिहरू राम्रोसँग विकसित भएका हुन्छन् तर तिनीहरूले चिप्लोपनाको लागि मात्र पर्याप्त आँसूहरू उपलब्ध गर्दछन् । वास्तविक आँसुहरु एक महिनाको उमेरपछि देखा पर्न सुरु हुन्छ । घस्रने चमत्कारहरू:   नयाँ अनुसन्धानले पत्ता लगाएको छ कि बच्चाहरू जन्मने बित्तिकै घस्रन सक्छन् । तिनीहरु कहिले बाँकी रहन्छन् भनें, तिनीहरू आफ्नो हात खुट्टाहरू प्रयोग गर्न केही सक्षम हुन्छन् र तिनीहरुको खानाको लागि बाटो खोज्छन् उदाहरणका लागि आमाको स्तन । हामीलाई लाग्छ कि तिनीहरू साना असहाय जीवहरु हुन् ! तापक्रमको संवेदनशीलता:   बच्चाहरु तापक्रम परिवर्तन र शरीरको तातोमा धेरै संवेदनशील हुन्छन् । हुनत बच्चाले चिसो पार्नको लागि कपडाहरु फ्याल्न सक्दैन, यी अन्य चीजहरु गर्नकोलागि चलाख छ । जब बच्चालाई चिसो हुन्छ, उ वरिपरि बढि सर्नेछ र यदि यो धेरै तातो छ भने उ घाममा नुहाएको जस्तैगरि अझै सुतेर बस्न सक्दछ । छुने थेरापी:   छुनु बच्चाहरु, अपरिपक्वहरुमा पनि हुने सबैभन्दा धेरै विकसित संवेदना हो । छुने अनुभुति मुख सबैभन्दा संवेदनशील बनि टाउकोदेखि खुट्टाको औंलासम्म विकास हुन्छ । तिनीहरूले आफ्नो मुखमा सबै चीज राख्दा कुनै आश्चर्य हुने छैन । छोटो- दृष्य:   बच्चा जन्मेको बेलामा छोटो दुरीमा मात्रै देख्ने हुन्छन् । तिनीहरूको दृष्टि ८ देखि १२ इन्च सम्मको सीमामा रहेको हुन्छ । यदि तिनीहरू यो सीमा भित्र छन् भनें, तिनीहरूले मानिस र वस्तुहरूलाई स्पष्ट रूपमा हेर्न सक्छन् । मस्तिष्कको आकार: नवजात शिशुहरुमा मस्तिष्क यस्तो दरमा बढ्छ कि पहिलो वर्षको अन्त्यसम्ममा, मस्तिष्क जन्मेको आकारको भन्दा दोब्बर हुन्छ र यसको अन्तिम आकारभन्दा आधा हुन्छ ! पाल्मर समात्ने:   नयाँ जन्मिएका शिशुहरूको बाँदरले जस्तो बलियोसँग समात्न सक्ने हुन्छ । बच्चाहरु धेरै बलियोसँग समात्छन् कि यदि तपाईंले तिनीहरूलाई एउटा हातमा झुण्ड्याउनुभयो भनें, तिनीहरू आफ्नो तौल समर्थन गर्न थाम्न सक्दछन् । यो सम्भवतः शुरुको बाँच्ने स्वभाविक प्रवृत्तिबाट शुरु भएको हो । यो बलियोसँग समात्ने क्षमता केही महिना पछि घट्छ । स्वादको तन्तु:   बच्चाहरुको जिब्रो वरिपरि र माथि र छेउ छेउमा लगभग १०,००० भन्दा धेरै स्वादका तन्तुहरु रहेका हुन्छन् । तिनीहरू हुर्कदै जाँदा, यी अतिरिक्त स्वादका तन्तुहरू हराउँछन् ।
तपाईंको दिमागलाई सकारात्मक फ्रेममा राख्न कोशिश गर्नु बेकुफी लाग्नसक्छ l तर फाइदाहरु धेरै हुनसक�कसैले सही भने, “हामी हाम्रो विचारहरुको कुल जम्मा हौ” l त्यसैले तपाईंसँग जति बढी सकारात्मक विचारहरु छन् वा सोचाइको क्षमता छन्, तपाईंको जीवन यात्राको परिणाम त्यतिनै बढी सकारात्मक हुनेछ l थप सकारात्मक सोच र आफैलाई सशक्त बनाउन यहाँ केही जुक्तिहरु छन्:  एउटा दैनिक सकारात्मक सोच हुने दैनिकीमा हिड्नुहोस् l साधारणतया त्यस्तो समय जब तपाईं ठिक उठ्दै हुनुहुन्छ, अर्थात् आधी जागेको अवस्था आफैलाई सकारात्मक विचारहरु दिन सुरु गर्नु उत्कृष्ट हुन्छ l त्यो समयमा दिमाग सुझावलाई बढी स्वीकार गर्ने हुन्छ l तपाईंले आफ्नो दिमागलाई तपाईंको अवस्थाबारे र तपाईंले आफु र आफ्नो परिवारको लागि के प्राप्त गर्ने आशा गर्नुहुन्छ त्यो बारे खुशी र सकारात्मक विचारहरु भर्न सक्नुहुन्छ l सकारात्मक सोचको राम्रो तरिका सृजनसिल सकारात्मक दृश्यावलोकन हो l एउटा निश्चित समयमा, केवल आफ्नो जीवन आफुले चाहने तरिकामा हेर्नुहोस् l यो दिउँसो कल्पना गर्ने भन्दा फरक छ l सृजनसिल दृश्यावलोकनले तपाईंलाई कार्यको लागि जागरुक बनाउँछ भने दिउँसै सपना देख्ननाले तपाईंलाई चाहेको कुरा सोच्नेमा सिमित गराउँछ l यदि तपाईंसँग आफ्नो जीवनको निश्चित क्षेत्रहरुमा कठिनाइ छ भने, काममा भनौ वा तपाईंको सम्बन्धलाई लिएर, एउटा सकारात्मक परिणाम कल्पना गर्नुहोस् l यसले सकारात्मक नतिजा पाउन तपाईंको दिमागलाई थुप्रै कार्य योजनाहरु बनाउन व्यस्त गर्नेछ l सकारात्मक पुष्टिकरणहरु आफैलाई सबै राम्रो छ भन्ने एउटा महान् तरिका हो l आफैसँग धैर्य रहनुहोस् किनकि तपाईंको दिमागले तपाईंले पुष्टि गर्नुभएको आधा कुराहरु पनि बिश्वास गर्नेछैन l पुष्टिकरणहरु तिनै बारे हुन् l तपाईं के हुनुहुन्छ र के प्राप्त गर्न सक्नुहुन्छ बारे तिनीहरु कथनहरु हुन् जुन तपाईंले आफ्नो दिमागलाई दिनुहुन्छ l सकारात्मक पुष्टिकरणहरुले तपाईंलाई तपाईंको हृदयले वास्तवमै के चाहन्छ त्यसबारे आफ्नो दिमाग रिप्रोग्राम गर्न मद्दत गर्नसक्छ l जान दिनुहोस् l जब तपाईं कुराहरु मानसिक रुपमा जान दिनुहुन्छ त्यति बेलाको सुन्दर आत्मसमर्पणको भावना महसुस गर्नुहोस् l एउटा व्यस्त व्यक्ति भएर तपाईं प्रत्येक अवस्थाको परिणामहरु नियन्त्रण गर्न पुग्नुहुन्छ र तपाईंले आशा गरेजस्तो भएन भने नराम्रो महसुस गर्नुहुन्छ l सम्झनुहोस् कुराहरु समय समयमा नराम्रो हुनसक्छन् l तपाईं जस्तै, जीवन उत्कृष्ट छैन त्यसैले किन अरुबाट उत्कृष्टता आशा गर्ने ? त्यो तपाईले बोकिरहनुभएको भावनात्मक झोला त्यागुहोस् l संसारको बोझ तपाईंको काँधमा रहनु आवश्यक छैन l सामुहिक चेतनाको बारे तपाईंले बुझ्नुपर्छ l त्यस्ता अवस्थाहरु बारे सोच्नुहोस् जब कुराहरु कसैको लागि अत्यन्तै नराम्रो हुनपुग्छ l यो संसारमा ति अभागी व्यक्तिहरुको लागि मौन प्रार्थना पठाउनुहोस् l कोही अपरिचित व्यक्तिलाई प्रार्थनाको खाँचो भैरहेको हुनसक्छ l यो तपाईंमा अनेक तरिकाले फर्कनसक्छ l  कोही अरुलाई सकारात्मक व्यक्ति बन्न मद्दत गर्नुहोस् l यसले तपाईंको सकारात्मक सोचको विश्वास पुनःपुष्टि गर्न मात्र सक्छ l सकारात्मक उर्जा त्यो हो जसलाई प्राकृतिक हिसाबले सबैले खोज्छन् र हामीले हाम्रो जीवनमा नकारात्मक प्रभाव भएकोले हाम्रो साथीहरु र परिवारजनलाई आरोप पनि लगाउन सक्छौ l यो किसिमको विचारले हामीलाई कतै पुराउदैन l त्यसको सट्टा अर्को कुन उत्कृष्ट विकल्प हो त्यसबारे सोच्नुहोस् l तपाईंले कसरी नकारात्मक उर्जा वा अनुभवहरुलाई सकारात्मकमा बदल्न सक्नुहुन्छ त्यसबारे सोच्नुहोस् l सुरुमा तपाईंले प्रतिरोध सामना गर्नुहोला तर सम्झनुहोस् यदि तपाईं सकारात्मक हुनुहुन्छ भने तपाईंको स्वामित्वमा सकारात्मकता हुन्छ l
महिलाको लागि, एउटा उत्कृष्ट, खुशी जीवन सन्तुलन कार्यबारे हो र तिनीहरु पहिले देखिनै काम र बिहे सन्�महिलाको लागि घर र काम बीच सन्तुलन गर्ने धेरै कठिन हुन्छ l त्यहीपनि, वर्षैपिछे, घर व्यवस्था गर्दै बाहिर काममा जान इच्छुक हुने महिलाहरुको संख्या बढ्दैछ l यो किन हो भने सफल करियरले महिलालाई समाजमा आफ्नो पहिचान स्थापना गर्न मद्दत गर्नसक्छ, सम्मान पाउन र उनको निहित गुणहरु, उत्साह र सपनाहरुलाई न्याय दिन मद्दत गर्नसक्छ l त्यसैले एउटा सफल कामगर्ने महिला एउटा खुशी महिला हो र तथ्यांकले देखाउँछ कि त्यस्ता महिलाहरुले आफ्नो बच्चा र पतिलाई खुशी राख्छन् l थप स्थिर बिहेहरु सत्तरीको दशकमा, जब महिलाहरु ठुलो संख्यामा कार्यस्थलहरु प्रवेश गर्न सुरु गरे, त्यहाँ डिभोर्स रेटहरु बढ्न सुरु गरे l यद्दपी, बिगतको दशकमा, कामगर्ने जोडीहरु मध्ये डिभोर्स दरहरु वास्तवमा घटेका छन् l आज, पुरुषहरुमा कामगर्ने महिला एउटा पार्टनर हुनुपर्छ भन्ने विचार बढेको छ l थुप्रै देशहरुमा, पुरुषहरुले वास्तवमा घरेलु कामहरु बाड्छन् र बच्चा हेरचाहको लागि समर्पित गर्छन् ताकी उनीहरुको महिलाहरु सफलतापूर्वक दुवै घर र काम सम्हाल्छन् l यद्दपी, घर र बच्चाहरुको दायित्व अझै प्रमुख हो, महिलाहरुको लागि l तपाईंको काम र बिहे सफलतापूर्वक व्यवस्था गर्न यहाँ छ तरिकाहरु छन्: सही काम खोज्नुहोस् तपाईंले कार्यस्थल र घरको काम व्यवस्था गर्न तनाव सहज बनाउन सक्नुहुन्छ यदि तपाईं सही निर्णयहरु बनाउनुहुन्छ l अध्ययनहरुले इंकित गर्छ कि कम मागहुने कार्यमा पहुँच हुने जोडीहरुले राम्रो यौन सम्बन्ध र राम्रो सम्बन्धहरु पाउँछन् र त्यसैले कमै तनावमा हुन्छन् l यद्दपी, जब कामगर्ने समय लामा छन्, अवस्था उल्टो हुनसक्छ l त्यसैले एउटा रोमान्चक काम पत्ता लगाउन महत्वपूर्ण छ जसमा तपाईंले अझै नियन्त्रणमा पाउन सक्नुहुन्छ विशेषगरी जब हामीसँग घरमा साना बच्चाहरु छन् l कामगर्ने समय मिलाउने प्राय महिलाहरुले आफ्नो करियरहरु बिचमै छोड्नुपर्छ किनकि उनीहरुको पतिहरु लामो समयको लागि काम गर्छन् र बच्चाहरु हेरचाह गर्न कोही उपलब्ध हुँदैन l यदि श्रीमती पनि काममा राम्रो छ भने जोडीले ति कामहरु गर्नुपर्छ जसले दुवैजनालाई काम गर्न अवसर प्रदान गर्छ किनकि यो गर्नेले तिनीहरु दुवैजनालाई सन्तुष्ट राख्नेछ l त्यहाँ एउटा सम्भावना छ कि श्रीमान वा श्रीमतीले आम्दानी अलिकति गुमाउन सक्छन् यो समायोजनमा तर अन्तिममा त्यसले खुशी बिहे पाउने मौका बढाउछ l काम छोड्दाको नकारात्मक प्रभाव यदि काममा उन्मुख महिलाले परिवार मागहरुको कारणले आफ्नो काम छोड्छिन् भने त्यसले बिहेको खास जगनै हल्लाउन सक्छ साथै उनीलाई निराश पनि छोड्नेछ l साथै एउटा ब्रेक लिनु भनेको तपाईंले आफ्नो करियर पुनः सुचारु गर्न चाहँदा तपाईंले निकै छिटो टिप्नुपर्छ जुन वास्ताकितामा निकै कठिन छ l यी अवस्थामा, कामगर्ने आमाहरु केटाकेटी र उनीहरुको बुवाबीचको सम्बन्ध दृढ गर्न मद्दत गर्छन् जब बुवाहरु बच्चा हेरचाह गर्न समय बिताउछन्, बच्चाहरु र बुवा बीचको नजिकको सम्बन्ध बन्छ जुन बुवा काममा जाने परिवारमा सम्भव छैन l अध्ययनले देखाउछ कि दुवै बुवा र आमा बीचको बराबर समर्पणमा हुर्किएको केटाकेटीको उच्च उदेश्य र आकांक्षाहरु हुन्छ l कम दोषी महसुस गर्नुहोस् एउटा कामगर्ने महिला कम दोषी महसुस गर्छ किनकि उनीले समर्पित गृहिणीहरुसँग तुलना गरिएझैँ आफ्नो केटाकेटीसँग धेरै समय बिताउन सक्दिन l यद्दपी, यदि पतिले केटाकेटी हुर्काउने  जिम्मेवारीहरु सम्बन्धि बाड्छ भने दुवै अभिभावकहरु बच्चाहरुको लागि आफ्नो भूमिका खेल्दा खुशी हुन सक्छन् l एउटा सफल करियर भएको एउटा महिला सकारात्मक र आत्मविश्वासी हुन्छ उनीले गर्ने हरेक कुराको बारेमा, जसले अन्त्यमाउनको परिवार खुशी बनाउँछ l  
तौल व्यवथापनको लागि प्रमुख १० तरिकाहरुतरिका १ : शान्त बसेर योजना बनाउनुहोस् आफ्नो ओजनको बारे आत्तिन पर्दैन l यसले थप चिन्ता बढाउने छ र आफ्नो लक्षमा बाधा पुर्याउन सक्छ l आफ्नो लक्ष हाँसिल गरेको सम्झनुहोस् र यसलाई दिगो रुप दिन सक्नुहुन्छ भन्ने सोच्नुहोस् l एक पटकमा एक दिनलाई ग्रहण गर्नुहोस् l यो योजनालाई कसरी कायम गर्ने भन्ने नसोच्नुहोस् l केबल अर्को दिनलाई मात्रै ध्यानमा राख्नुहोस् l तरिका २ : स्वास्थ्य पत्रिका आफ्नो आहार र ब्यायामको सैलीलाई लेख्नको लागि एउटा पत्रिका राख्नुहोस् l आफुले खाएको कुरा लेख्नुहोस्, खानाको योजना गर्नुहोस्, पर्याप्त रुपमा पानीको सेवन गर्नुहोस् र कसरत गर्ने तालिका बनाउनुहोस् l २१ दिन कुनै कार्य गर्दा तपाईंले यसलाई बानीको रुपमा ढाल्न सकिने कुरा तपाईंलाई थाहा थियो ? यो अभियास गर्नुपर्छ भनेर भन्दा पनि आफुलाई राम्रो गर्छ भनेर गर्नुहोस् l क्रमसरुपमा यो तपाईंको आफ्नो हिस्सा बन्ने छ l तरिका ३: स्वास्थ्य रहनु जीबनभरको कमाई हो मान्छेले गर्ने सबै भन्दा ठुलो गलती चाहिं एक पटक वजन कम गरेपछि पुरानै खाने शैलीमा जान सकिने सोच्नु हो l तपाईंको स्वाथ्य सदाको लागि तपाईंको साथमा रहन्छ l आफ्नो दृष्टिकोण ‘ मैले पातलो बन्नु छ ‘ बाट ‘ मैले स्वास्थ्य रहनुपर्छ ‘ भन्नेमा परिवर्तन गर्नुहोस् l सन्तुलित शारिर हेतु, यसो गर्नाले स्वास्थ्य रहनको लागि सहज हुनेछ l तरिका ४: यथार्थबादी बनौं आफ्नो जीबनसैलीलाई योजना गर्दा अबास्तविक लक्ष्यहरु राख्नु हुँदैन l यो पनि एक कारण हो जहाँ वजन-प्रशिक्षकहरूले वजन घटाएर यसलाई दिगो पन दिने तरिका भनेको यसलाई आफ्नो ‘ जीबन बनाउनु ‘ भन्छन् l सही खाना, आरामदायी सुताई, र पर्याप्त पानी पिउनु l यी तीनको राम्रो पालना गरेमा सही वजन प्राप्त हुन सक्छ l यदि तपाईंको ‘केक वा पेस्ट्री ‘ नखाने वा ‘ पिउन छाड्न ‘ भन्ने कुनै नियम लगाउनु भएको छ भनें त्यसको बारेमा पुनःबिचार गर्नुपर्छ l के तपाईं कहिल्यै पनि मिठाई खाने योग्य बन्नु हुने छैन ? प्रारम्भिक लक्ष्य भनेको सन्तुलन बनाई मध्य मार्गको चयन गर्नु हो l तरिका ५: आफ्नो वजन ढाँचाको बिचार पाउनुहोस धेरै मानिसहरुले आफ्नो आदर्श वजन हाँसिल गरेपछि आफ्नो शरिरको तौल लिन छाड्छन् l उनीहरुलाई वजन लिने काम मोटा मानिसहरुको लागि मात्रै हो भन्ने लाग्छ l त्यस्तो मनोवृत्ति बोकेका मानिसले स्वास्थ्य शरीर हैन तर पातलो शरीरको कामना गरेका हुन्छन् l तपाईंको वजन भनेको तपाईंको रुपलाई जाँच गर्ने कुरा हैन तर स्वास्थ्यको परिणाम हो l तसर्थ साप्ताहिक रूपमा वजन जाँच गर्न नबिर्सनु होला l हरेक हप्ता आफ्नो वजनको रिपोर्ट राख्नुहोस् र अस्वभाविक परिवर्तनहरुको कारणको खोजी गर्नुहोस् l तरिका ६: तपाईंको सीमितता स्विकार्नुहोस् र त्यसबाट सिक्नुहोस् सबैका राम्रो र नराम्रो पक्ष हुने गर्छ । यदि तपाईंले कुनै दिन सोचे भन्दा धेरै खानु भयो भनें त्यसमा निराश वा क्रोधित हुनुपर्दैन । गल्ती सबैबाट हुन्छ । शरीरको वजन कायम गर्ने अन्तिम पल पनि होईन । यो एक गडबड मात्रै हो । यसबाट सिक्नुपर्छ । यसको कारण तत्व बुझेर अर्को पटक बेग्लै ढंगले प्रस्तुत हुनुहोस् । तरिका ७: प्यास र भोक तपाईंको शरीरले तपाईंलाई प्यास र भोकमा झुक्याउने गर्छ l त्यसैले भोजन गर्ने  बित्तिकै भोक लाग्यो भनें पानी पिएर हेर्नुहोस्, सायद आराम महशुस हुनसक्छ l आराम नभएको खण्डमा हल्का खाजाको सेवन गरे हुन्छ l तरिका ८: आफैलाई प्रेरित गर्नुहोस् वजन रखरखाव मुख्यत: एक मनोवैज्ञानिक कार्य हो l आफ्नो आदर्श वजन प्राप्त गर्ने दौडानमा स्वास्थ्य रहन चाहिने कुराको अनुभूत हुन्छ l अब तपाईले स्वास्थ्य जिबनलाई बाधा र अर्चना गर्ने कुराहरुलाई त्याग्नु पर्छ l ती मानिसको संगत गर्नु जो वजन कायम गर्नमा लागिपरेका हुन्छन् l रनिंग क्लबको हिस्सा हुनु वा स्वास्थ्य विद मित्रको संगतमा रहनु l तरिका ९: भौतिक तत्वलाई संकल्पले बसमा राख्नुहोस् आफ्नो भोजन सैलीलाई सन्तुलन गर्नुहोस् l बिहानको भोजनको सट्टा स्वास्थ्य खाजा खाएर बेलुका को खानामा कटौती गर्नुहोस् l तपाईंलाई मिस्ठानको तिर्सना हुनसक्छ र त्यो अवस्थामा तपाईं मूल खानाको रुपमा सलादको सेवन गरेर अन्त्यमा मिस्ठान लिंदा हुन्छ l के खाने भन्ने बारेमा आफुसँग कुरा गर्नुहोस् l तपाईं साँचिकै भोक लागेर खाँदै हुनुहुन्छ वा त्यतिकै भन्ने प्रश्न आफैलाई गर्नुहोस् l खाना खाएपछि तपाईंलाई कस्तो महशुस हुने छ l तरिका १०: आफ्नो उपलब्धिलाई मनाउनुहोस् अन्त्यमा आफ्नो वजन रखरखाव कार्यक्रमको गर्व गर्नुहोस् l आफुले आफ्नो गन्तब्यमा पुग्नको लागि चालेको कदममा गर्व गर्दै यस्तै गन्तब्य बोकेका मानिसहरुको सेवा गर्नुहोस् l आफ्नो शरीरलाई अंगमाल गरेर आगामी आउने बर्षको स्वस्थ जीबनको लक्ष्य राख्नुहोस् l
चकलेटको बारमा जति कोका छ, त्यो त्यति स्वस्थकर हो lतपाईलाई यो पत्याउन कठिन होला तर चकलेट वास्तवमा तपाईको स्वस्थको लागि राम्रो हो l तपाई बेहोस हुनु अघि पर्खनुहोस् l पहिला हामी कुराको मूलमा पुगौं l यदि तपाईले ठिक मात्रामा खानुभयो भने चकलेट वास्तवमा तपाइको लागि राम्रो हुन्छ l त्यसोभए मान्छेहरुले जहिले कुरा गर्ने चकलेटको खराब पक्षहरु के हुँन् ? तिनीहरु पालैपालो उडाऔं: चकलेटले क्याभिटी गराउँछ: प्रिय, ममी, डेन्टल क्याभिटीहरु कमोजोर मुखको सरसफाई र कुहिने कार्बोहाइड्रेटहरु धेरै हुने खाना खाँदा हुन्छ l जब यी कार्बोहाइड्रेटहरु मुखमा लामो समयको लागि छोडिन्छ, तिनीहरुले एसिड रिहाइ गर्छन् l यसले दाँतको इनामेल क्षति गर्न सक्छ र दाँतलाई कुवाउँन सक्छ l वास्तवमा, चकलेटमा ट्यानीन हुन्छ जसले वास्तवमा क्याभिटीहरु बन्न दिँदैन l त्यसैले अर्को पटक, प्रिय ममीहरु, आफ्नो बच्चालाई सानो टुक्रा चकलेट खान दिनुहोस् l तपाईले तिनीहरुसँग सामेल हुन सक्नुहुन्छ l चकलेट फ्याट र सुगरले भरिएको हुन्छ: हो, चकलेटमा दुवै स्याचुरेटेड र अनस्याचुरेटेड बोसोहरु हुन्छन् तर तिनीहरु प्राय ओइलिक एसिड र स्टेरिक एसिडको आकारमा हुन्छन् l अब, ओलीक एसिड (ओलिभमा भएको) र स्टेरिक एसिड रगत कोलेस्ट्रोल तहहरु घटाउन राम्रा छन् l त्यसैले कुनै बारमा उच्च मात्राको कोकाले चकलेटमा कम बोसो छ भन्ने सुनिस्चित गर्छ l त्यसोभए, सुगर नि ? सुगर खराब हो तर चकलेटको डार्क किसिमकोमा नियमित मिठो चकलेटभन्दा कम सुगर हुन्छ l डार्कको अर्थ बढी कोका सामाग्री हो र त्यसैले अरु फिलरहरु जस्तै कोका बटर, सुगर, नटहरु आदिको लागि ठाउँ हुँदैन l चकलेटमा कुनै पोषण हुँदैन: खासमा यसमा एन्टीअक्सिडेन्टहरुको मात्रा उच्च हुन्छ l एउटा एन्टीअक्सिडेन्टको काम के हो ? एन्टीअक्सिडेन्टहरुले तपाईको शरीरबाट फ्री रेडीकलहरु जसले रोग र उमेर बढाउछ त्यसलाई फ्लस गर्छ l त्यसैले, यदि तपाई जवान रहन चाहनुहुन्छ भने, हप्तामा एक पटक चकलेट खानुहोस् l दोश्रो, एन्टीअक्सिडेन्टहरु धेरै हुने खानेकुराले हृदयघात, स्ट्रोक, मुटु रोग, हाइपरलिपिडेमिया र बाथ कम गर्ने भनिएर प्रमाणित भएको छ l त्यसैले म एन्टीअक्सिडेन्टहरु भरिएको चकलेटको बार सेवन गर्छु, यो वास्तवमा राम्रो छ l चकलेटमा क्याफिन हुन्छ: चकलेटमा हुने क्याफिनको मात्रा कम हुन्छ तपाईको चिया, कफी वा कोला ड्रिंकहरुसँग तुलना गर्दा l अब, चकलेटको गजब स्वास्थ्य फाइदाहरु गिन्ती गरेर, यो तपाईलाई भन्न महत्वपूर्ण छ तपाईको लागि कुन चकलेट स्वस्थ छ l त्यो जुन सबभन्दा शुद्ध आकारमा छ-बिटरस्विट किसिमको, जुन कोका सामाग्रीमा उच्च छ, त्यहीनै तपाईको लागि स्वस्थ चकलेट हो l त्यसैले अर्को पटक तपाई डेसर्ट लिँदा, सानो चकलेट खानुहोस् तपाईको मिठोपन सन्तुष्ट गर्न र त्यो दोष बिर्सन l 
थाइरोइड रोग र कार्डियाक अरिथ्मियाको बीच एक वंशाणुगत सम्बन्ध भेटिएको छ ।थाइरोइड घाँटिको क्षत्रफलमा हुने एक सानो ग्ल्यान्ड हो । ग्रीकमा, थाइरोइडले शिल्डको आकारलाई बुझाउँछ । हो, थाइरोइड ग्ल्यान्ड विभिन्न शरीरका कार्यहरूको लागि महत्त्वपूर्ण छ र परिरक्षकको रूपमा कार्य गर्दछ । तर के हुन्छ जब शिल्ड क्षतिग्रस्त हुन्छ र कमजोर हुन्छ ? थाइरोइड हाइपरएक्टिविटी नियमित रूपमा नियमित औषधिले नियन्त्रण गर्न सकिन्छ । थाइरोइड रोग सय जना मान्छेमा लगभग एक देखि चार मान्छेमा रेकर्ड गरिएको छ । थाइरोइडको हृदयसँग सम्बन्ध  २००९मा विल कर्नेल मेडिकल कलेजका अनुसन्धानकर्ताहरु द्वारा एक अनुसन्धान अध्ययन आयोजित गरिएको थियो । यो हृदयको ताल नियंत्रणको पछि भएको वंशाणुगत  सम्बन्धको जांच र विश्लेषण गर्न को लागी गरिएको थियो । उनीहरूले पत्ता लगाए कि हृदयको प्रकार्यमा तुल्यकालिक र तालका लागि उत्तरदायी जीनहरु निकटता पुर्वक थाइरोइड हार्मोन संश्लेषणसँग जोडिएको छ र थाइरोइडको गड्बडी हुन सक्छ । थाइरोइडको गतीविधीले पाचन्, रक्त प्रवाह र हृदयको विद्युत गतिविधिलाई सीधै असर गर्दछ । जब उपयुक्त थाइरोइड हार्मोन पर्याप्त हुँदैन (तल्लो स्तर) , बिरामीहरूले कम ऊर्जाको स्तर, थकान र हृदयको कमजोरीको आशंका गर्छन् । अर्कोतर्फ, रगतमा थाइरोइड हार्मोनको स्तर बढानाले, बिरामीहरु सिस्टम को अतिरक्तताको लक्षणहरु रिपोर्ट गर्छन । त्यहाँ झाडापखाला, पल्पिटेसन्, मुटुको धड्कन बढेको र केहि अवस्थामा हृदयको अरिथ्मिया देखिन्छ्, जहाँ सामान्य हृदयको ताल विघ्न जान्छ अनियमित हुन्छ । थाइरोइड हाइपरएक्टिविटी नियमित रूपमा नियमित औषधिले नियन्त्रण गर्न सकिन्छ ।   जब हृदयको ताल बिग्रिन्छ, यो अनियमित हुन्छ - यसलाई कार्डियाक अरिथ्मिया भनिन्छ । ताल लाई हुने हानि विभिन्न प्रकारको हुन्छ - मुटुको धड्कन घट्नु (यसको अर्थ, चक्र पूरा गर्नको लागि धेरै लामो समय लाग्दै छ), धेरै छिटो (चक्र धेरै छिटो दोहोरिन्छ), धेरै चाँडै (यसको अर्थ एक चक्र पूरा हुनु अघि नै अर्कोको सुरुवात), धेरै अनियमित (यसलाई फिब्रिलेशन भनिन्छ, जहाँ कुनै निर्दिष्ट प्याटर्न देखिदैन) । अरिथ्मियाका बिरामिहरू धेरैजसो चक्कर्, छोटो सास, अचानक कमजोरिको महसुस, बेहोश र छातीमा फरफराएको महसुस गर्दछन् (फरफराउनुको अर्थ हल्का तर छिटो चलेको पंक्षिको पखेटा भनेर बुझ्न सकिन्छ) । अरिथ्मिया सामान्यतया अहानिकारक हुन्छ र अधिकांश व्यक्तिहरु अरिथ्मियाको साथै वर्षौ सम्म श्वासथ जिवन जिउन सक्छन । तर यसको अर्थ यो बेवास्ता गर्नु होईन । अरिथ्मियाको गंभीरताको संकेत र उपचार गर्न को लागी परीक्षण परीक्षणको एक ब्याट्री छ र तपाईंको चिकित्सकलाई उपचारको बारे पाइला चाल्न दिनुहोस् । यदि तपाइँलाई थाइरोइड रोग छ भने, तपाईंको हृदय तुरुन्तै जाँच गर्नुहोस् । र यदि तपाईंले अरिथ्मियाको सामना गर्नुभएको छ भने, तुरुन्तै तपाइँको थाइरोइड जाँच गर्नुहोस् । दुवै अवस्थाहरू नियन्त्रण योग्य र उपचार योग्य छन्; त्यहाँ हुन सक्ने गल्तीको चिन्ता गर्न कुनै कारण छैन । बस सतर्क र सूचित हुनुहोस् ।
रतन्धो भनेको रातमा वा मधुरो प्रकाशमा हुने कमजोर दृष्टि हो lयहाँ केही खाना र खाने तरिकाहरु छन् जसले तपाईंको दृष्टि सुधार्न र रतन्धो रोकथाम गर्न मद्दत गर्नेछ: पालक र अरु सागहरु जस्ता गाडा हरियो पात भएका तरकारीहरु खानुहोस् l तिनीहरुमा उच्च मात्रामा लुटेन, जिजेनथिन हुन्छ, स्वस्थ आँखाहौर्को लागि चाहिने पोषणहरु l चुरोट नपिउनुहोस् l दैनिक एक गिलास रेड वाइन ठिक छ तर रक्सी पिउनुहुदैन l हाइड्रोजनीकृत तेल, रिफाइन गरेको कार्बोहाइड्रेट र धेरै सुगरबाट टाढा रहनुहोस् l जहिले बाहिर चम्किलो प्रकाशमा जाँदा सनग्लास लगाउनुहोस् आँखालाई हुने सम्भावित क्षति रोक्न l अम्बर र ग्रे रंगको लेन्सहरु अल्ट्राभायोलेट किरणहरु विरुद्ध प्रभावकारी हुन्छन् l एउटा आँखा विशेषज्ञ भेट्नुहोस् र आवश्यक भए राती हाँक्दा लगाउने ग्लासको लागु सल्लाह लिनुहोस् l राती मधुरो प्रकाशमा नहाक्नुहोस् र हेर्नुहोस् यदि तपाईंले अर्को दिनसम्म काम काम धकेल्न सक्नुहुन्छ l ठुलो शहरमा राती राम्रो लाइटको अवस्थाहरुले पनि रतन्धोको समस्या हुने कसैलाई गाह्रो हुनसक्छ l भिटामिन ए बढी हुने खानाहरु जस्तै पालक, गाँजर, मेवा, ब्रोकोली र आँपहरु तपाइको दैनिक आहारमा थपिनुपर्छ l माछाको तेल भिटामिन एको लागि राम्रो स्रोत हो l कड-लिभर तेललाई औषधीको रुपमा पनि प्रयोग गरिन्छ l केही जंगली बिरुवाहरुलाई पनि भिटामिन एको राम्रो स्रोत मानिन्छ तर तिनीहरु मौसमी हुन्छन्, साना मात्रामा उपलब्ध हुन्छन् र तिनीहरु बारे धेरै थाहा छैन l सिमिहरु भिटामिन एको राम्रो स्रोत हुन् l तिनीहरु विशेषगरी शरद ऋतुमा सेवन गरिन्छ l अन्डाहरु भिटामिन एको राम्रो स्रोत हुँ l दैनिक रुपमा अन्डा खानुहोस् l उच्च कोलेस्ट्रोल हुने मान्छेहरुले खानुपर्छ, यद्दपी अन्डाको मात्रामा ध्यान दिनुपर्छ l खुर्सानीहरुमा पनि भिटामिन ए राम्रो मात्रामा हुन्छ तर राख्ने तरिका, सुकाउने तरिकाले भिटामिन एको तत्व घटाउँछ l गाँजरहरु अर्को राम्रो स्रोत हुन् l तिनीहरुमा भिटामिन एको तत्व बढी हुन्छ र तिनीहरु महँगो छैनन् पनि l
यौन कहिले पिडादायी हुदैन; यौन एउटा आनन्ददायी कार्य हो l पिडाले केही गलत छ भन्ने इंकित गर्छ र कसैले �महिलाहरुलाई असर पारिरहेका केहि कारणहरु निम्न हुन सक्छन्: निकै चाँडो गर्दै, अप्ठ्यारो स्थानबाट प्रवेश गराउदै । यसले दुख्छ भन्ने कुरा तपाईंको साथीलाई भन्न नलजाउनुहोस् र तपाईंलाई सजिलो बनाउनको निम्ति उसले गति घटाउनुपर्छ वा स्थान परिवर्तन गर्नुपर्छ र दुखाईलाई रोक्नुपर्छ । सुख्खा योनी वा योनी भित्र प्राकृतिक चिप्लो पदार्थको कमि । यस्तो सुख्खा पन कति औषधिहरुको सेवनले हुने गर्छ, रजस्वला बन्द हुँदा परिवर्तन हुन्छ । कहिले काँही पुर्व क्रिडाको समय अवधिलाई बढाउँदा योनी चिप्लो बनाउन पनि मद्दत हुन्छ । दुखाईलाई कम गर्न पानी-जन्य लुब्रिकेण्टको प्रयोग गर्नुहोस् । उत्तेजनामा कमि । कहिले काँही यौन उत्तेजनामा यौनी र पाठेघरले प्रतिक्रिया जनाउन नसक्दा चिड्चिडाहट र पिडा दिन सक्छ । कहिले काँही संभोगको लागि यौनी धेरै संकुचित भएको हुन सक्छ वा पाठेघर उत्तेजित हुँदैन जसले गर्दा प्रवेश गर्दा लिङ्ग सेर्भिक्स (पाठेघरको मुख) को सम्पर्कमा आउँछ । संभोगमा लिप्त हुन भन्दा अघि प्रवेशको अन्य तरिका अपनाउँदा उत्तेजनाका स्तर पत्ता लगाउन मद्दत मिल्न सक्छ । असहजताको कारण Vaginismus (भेजिनिस्मस) पनि हुन सक्छ । यौनीको वरिपरि भएको मांशपेशी कहिले काँही धेरै संकुचित भएको हुन्छ जसले गर्दा पिडा हुन्छ र संभोग पीडादायी हुन्छ । महिला आफैले यौनी द्वारहरु सामान्य भन्दा बढि संकुचित छ या छैन भनि आफ्नो औंलाले जांच गर्न सक्छन् । त्यो vaginismus (भेजिनिस्मस) हुन सक्छ । यसको सामान्य कारण भनेको आत्तिनु वा चिन्ता गर्नु हो । यो परिवर्तन गर्न सकिन्छ । संभोग भन्दा अघि राम्रो पुर्व क्रिडा भयो भने यसले मांशपेशीहरुलाई आराम गर्न मद्दत मिल्छ र चिल्लोपनामा पनि मद्दत गर्छ । शुरु गर्न भन्दा अघि केवल आराम मात्रै गर्दा पनि मद्दत मिल्छ । मर्चा, छालामा हुने फोका आदिको कारण यौनी सम्बन्धि संक्रमण र जलनले संभोगलाई  असहज बनाउँछ । फ्याबरिक, क्रिमहरु, पर्फ्युम आदिले कतिपय महिलाहरुमा जलन पैदा गर्नसक्छ । यिनीहरुको प्रयोग नगर्नुहोस् । पहिलो संभोग अलिकति पीडादायी हुनसक्छ । लिङ्ग प्रवेश हुँदा यौनीको झिल्ली विच्छेद हुँदा असहज हुनसक्छ । विस्तारै शुरु गर्नुहोस् वा सिधै संभोग भन्दा प्रवेशको रुपहरु संग शुरु गर्नुहोस् । मानसिक पिडा । यौन सम्बन्ध सम्बन्धि मानसिक आघातपूर्ण अनुभवहरु वा संभोग संग जोडिएका हिनताबोधपूर्ण अनुभवहरुले संभोगलाई पीडादायी बनाउन सक्छ । सेक्स थेरापिस्ट वा मनोचिकित्षकको परामर्श लिनुहोस्  संभोगको समयमा असहजताको अनुभव पुरुषहरुमा पनि हुन्छ, पुरुषहरुमा आउने यस्तो अवस्थाको विभिन्न कारणहरु: संकुचित लिङ्गको बाहिरी छाला । संभोगको समयमा पहिलो प्रयासमा, संकुचित बाहिरी छालाले पछि हट्ने सम्म बनाउने पिडा दिन्छ । केहि समय पछि, त्यो बाहिरी छाला खकुलो बन्छ र संभोग सहज हुन्छ । लिङ्गको छालामा यदि कुनै चोट छ भने संभोग पीडादायी बन्छ । यसका कारणहरु लुब्रिकेण्ट रहित हस्त-मैथुन वा तीव्र संभोग वा एसटिडीहरु हुन् । फोकाहरु वा पानी फोकाहरुको संक्रमणले संभोग अन्त्यन्त पीडादायी बनाउँन सक्छ ।
एउटा महिलाको महिलावारी चक्रमा ‘सुरक्षित समय’ भन्नाले उनी गर्भवती हुने मौका एकदमै न्यून रहनु भन�सबै यौन सम्पर्कको कार्यले गर्भवती बनाउँदैन । यस्ता दिनहरु हुन्छन् जब गर्भ बस्ने मौका उच्च हुन्छ र अन्य दिनहरु पनि हुन्छ जसमा मौका लगभग शुन्य हुन्छ । एउटा मस्तीपूर्ण यौन जीवनको मज्जा लिनको निम्ति यी दिनहरु थाहा गर्नुहोस् ! रगत बग्न शुरु भएको दिनदेखि राजस्वाला चक्रको शुरुवात हुन्छ र त्यसको लगभग २८ दिनमा अन्त हुन्छ, औसतमा डिम्ब उत्पादन रजस्वला चक्रको १४औं दिन तिर हुन्छ । सैद्धान्तिक रुपमा १४औं दिन राम्रो मानिन्छ । हरेक महिलाहरुको राजस्वाको चक्र फरक फरक हुने भएकोले, डिम्ब उत्पादन हुने समय पनि फरक हुन्छ । त्यसकारण डाक्टरहरुले प्रजनन समयलाई रजस्वला चक्रको १२औं दिन देखि १८औं को रुपमा हिसाव गर्छन । यो अवधि भनेको डिम्ब उत्पादनको संभावनाको समय हो र गर्भ बस्ने संभावना उच्च हुन्छ । पहिलो देखि ७औं दिन सम्म र १९औं दिन देखि अर्को चक्रको शुरुवात सम्मका दिनहरु ति दिनहरु हुन् जहाँ डिम्ब उतपादन हुने संभावना धेरै कम हुन्छ । यसको अर्थ तपाईंले यी दिनहरुमा प्रेम सम्बन्ध बनाउन सक्नुहुन्छ, यी दिनहरु भनेको गर्भ बस्ने संभावना अत्यत्नै न्यून हुन्छ । यी ति महिलाहरुको लागि लागू हुन्छ जसको महिनावारीको चक्र नियमित छ । चक्र अनियमित भएको अवस्थामा भने, तपाईंले सुरक्षित समय पत्ता लगाउन अलिकति गणितको हिसाव गर्नु पर्नेहुन्छ । उदाहरणको लागि यदि तपाईंको छोटो चक्र २६ दिनको र लामो चक्र ३१ दिनको छ भने, तब २६-१८=८ र ३१-१०=२१ २१औं दिनमा ८औं दिन गर्भ बस्ने दिनहरु हो; पहिलो दिन देखि ७औं दिन सम्म र त्यस पछि २१औं दिन देखि अर्को चक्रको शुरुवात सम्म ति दिनहरु हुन् जुन गर्भ बस्ने डर बिना सुरक्षित यौन सम्पर्कको आनन्द लिन सकिन्छ । सुरक्षित अवधि मा यौन सम्पर्क गर्ने विचार नै पूर्ण-सुरक्षित विचार पनि होइन । धेरै महिलाहरुको अनियमित राजस्वालाको चक्र हुन्छ र एक बाट अर्को महिलामा फरक पर्छ । त्यसैकारण सुरक्षित अवधि भनिएको कुरा, सत्यतामा, त्यस्तो सुरक्षित पनि छैन ! त्यसकारण नचाहिएको गर्भ रोक्नको लागि कन्डमहरु र अन्य निरोधकको पद्दति जस्तै पिल्सहरु प्रयोग गर्नु नै उत्तम हुन्छ ।  
बारम्बार सोधिने प्रश्न
सर्तहरू लागू हुनेछन् बारम्बार सोधिने प्रश्न